कर्णालीका मुख्यमन्त्री शाही सुरक्षित



काठमाडौँ। फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार जोगाएका कर्णाली प्रदेशसभाका ४ जना एमाले सांसद पदमुक्त बनेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ३ वैशाखमा सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए।

उनीहरुलाई पदमुक्त नगर्न २७ जेठमा दिएको अन्तरिम आदेश खारेज गर्दै सोमबार अदालतले पदमुक्त गरेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट दर्माता गरेका थिए।

मुख्यमन्त्री शाही सुरक्षित

अदालतले दिएको आदेशसँगै प्रदेशसभाको समीकरण फेरिएको छ। अब प्रदेशसभा ३५ सदस्यमा सिमित बनेको छ। र, मुख्यमन्त्री शाही नेतृत्वको माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार सुरक्षित भएको छ।

प्रदेशसभामा बहुमतका लागि १८ सांसद चाहिन्छ, जुन मुख्यमन्त्री शाहीसँग छ। उनीसम्वद्ध माओवादी केन्द्रका १२ र सत्ता साझेदार नेपाली कांग्रेसका ६ सांसद छन्। अब एमालेसँग १६ सांसद छन्, जसमध्ये राजबहादुर बुढा सभामुख छन्। चौथो दल राप्रपासँग एक सांसद छन्।