काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन्।
आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा बताएका छन्। कार्यकालभरी उनले आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताएका छन्।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाले आलोचना खेप्नु परेको थियो।