सरकारमा सहभागिताबारे प्रचण्ड-नेपालीबीच भेटवार्ता



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भेटवार्ता भएको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको बुझिएको छ। प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका हुन्।

भेटवार्तामा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिएको बुझिएको छ। प्रधानमन्त्री देउवाले पनि एमालेको माधव पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्।

तर, नेता नेपालले पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने पक्षमा छन्। यद्यपी प्रधानमन्त्री देउवालाई साउन ३ गते विश्वासको मत दिएका कतिपय सांसदहरु सरकारमा जानुपर्ने पक्षमा उभिएका छन्।