भुपेन्द्र पुलामीको मौलिक तीजगीत ‘लरक्कै सारी’ (भिडियो सहित)



काठमाडौं। पत्रकार धनराज वास्तविकको शब्द रचनामा गायक भुपेन्द्र पुलामीको तीजगीत ‘लरक्कै सारी’ सार्वजनिक भएको छ।

गायक पुलामीकै लय संकलन र सुरेश शाहीको संगीत संयोजन रहेको उक्त गीतमा गायक पुलामी र गायिका मनु सुनारको युगल आवाज रहेको छ।

नायक विजय केसीको निर्देशनमा केशवराज भट्टको कोरियोग्राफी, राम सिंह भाटको छायांकन र विरेन्द्र भाटको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोमा निर्देशक केसी र मोडल रविना भण्डारीले अभिनय गरेका छन्।

कर्णाली सन्देश डटकमका सम्पादकसमेत रहेका वास्तविकले गीतसंगीतमा पनि कलम चलाउँदै आएका छन्। उक्त गीतको म्युजिक भिडियो खरो मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस्