‘राजनीति भनेको भन्ने एउटा, गर्ने अर्को हो?’



काठमाडौँ। नेकपा एमालेकी नेता रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष पदबाट राजीनामा दिएपछि मात्रै पार्टीको विवाद समाधान हुने बताएकी छन्।

शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेता झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्‍याउनेहरुले मूलधारबाट हात नझिक्दासम्म पार्टीको एकता हुन नसक्ने दाबी गरिन्। उनले भनिन्, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ।’

साथै नेता झाँक्रीले प्रतिगमनकारीले सामान्य प्रयश्चित र क्षमा याचना ्सम्म पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ? भन्दै प्रश्नसमेत गरेकी छन्। उनले भनेकी छन्, ‘‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ? चुनावमा मान्छेले भोट हाल्छन्? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो?’

आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले ग¥यो? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश ? यि प्रश्नको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने झाँक्रीका दाबी छ।