काठमाडौँ। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।
यहि साउन ११ गते पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्षमा यादवलाई नै दलको नेता चयन गरेको हो।
शनिबार बसेको बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्रराय यादवले समर्थन गरेका थिए।