कालिकोट। नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाल तरुणदलका महामन्त्री भूपेन्द्रजंग शाहीले गृहजिल्ला कालिकोटमा अवस्थित जिल्ला अस्पालत कालिकोटलाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन्।
२०७० र २०७४ सालको प्रतिनिधिसभा सदस्यका उम्मेदवार शाहीले शुक्रबार जिल्ला अस्पताल कालिकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। यसअघि शाहीले कर्णाली प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य सामाग्री प्रदान गरेका थिए।
गृहजिल्ला कालिकोटमा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका नेविसंघका नेता जगतजंग बिष्टले जानकारी दिएका छन्।