कर्णालीमा ७० जना कोरोना संक्रमित थपिए



सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ७० जना कोरोना भाइरसबाट संक्रमित बनेका छन्।

५७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २७ जना र ४२७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३० हजार १९० पुगेको छ।

शुक्रबार सबैभन्दा बढी कालिकोट र सुर्खेतमा १७÷१७ जनामा कोरोना देखिएको छ। यस्तै दैलेख र मुगुमा ९/९, रुकुम पश्चिममा ७, जुम्लामा ५, सल्यानमा २ जाजरकोटमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

यस्तै ८० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अब सक्रिय संक्रमितको संख्या ६८० रहेको छ। शुक्रबार कोरोनाबाट कर्णालीमा कसैले पनि ज्यान गुमाएका छैनन्।