२४ घण्टामा ३६११ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ। यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ।

हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। हाल कोरोना निको हुने दर ९४।१ प्रतिशत रहेको छ। यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको परीक्षण भएको थियो।