कांग्रेस सांसदको प्रश्न: सदनलाई कतिञ्जेल बिजनेसबिहिन बनाउने हो?



काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रतिनिधिसभालाई कतिञ्जेल बिजनेस बिहिन बनाउने हो भन्दै प्रश्न गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यसूची हेर्दा केही काम नभएको भन्दै संसद कहिलेसम्म बिजनेस बिहिन बन्ने बताए। उनले भने, ‘प्रतिनिधि सभालाई कहिलेसम्म बिजनेस बिहिन बनाउने हो? आज पनि कार्यसूची हेर्दा कुनै विषय नै छैन्। तसर्थ हामी जनताका सामु कति लज्जित भएर बस्नुपर्ने हो ? यसमा पनि सुदृढिकरण होस्।’

सांसद राजभण्डारीले उखु किसान फेरी आन्दोलन गर्न काठमाडौं आएको भन्दै उनीहरुको भुक्तानीको समस्या समाधान गर्न आग्रह गरे। उनले संविधानको प्रावधान अनुसार मधेशी दलितको हक अधिकारको बारेमा प्रतिपक्षमा हुँदा पनि आवाज उठाउने गरेकोमा अब सरकारमा आएपछि उनीहरुका लागि कानुन बनाउन आग्रह गरे।