कर्णालीमा पनि कोरोना संक्रमण बढ्दै



सुर्खेत। कर्णाली प्रदेशमा बुधबार थप ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

त्यस्तै ६५ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। योसँगै कर्णालीमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २८ हजार १६ पुगेको छ भने ६३४ जना सक्रिय संक्रमित रहेका छन्।

आज ६७ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ३४ जना र १३९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २७ जना कोरोना पुष्टि भएको हो।

बुधबार सबैभन्दा धेरै प्रदेश राजधानी समेत रहेको सुर्खेतमा १५ जना कोरोना संक्रमण देखिएको छ। यस्तै जुम्लामा १३, कालिकोटमा ८, मुगुमा ७, रुकुम पश्चिम र दैलेखमा ५÷५ हुम्लामा २ सल्यानमा २ र अन्य ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

बुधबार कोरोना संक्रमण देखिनेमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ। यस्तै प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६१ रहेको छ भने बुधबार कोरोनाका कारण कसैले ज्यान गुमाएका छैनन्।