काठमाडौँ। भारतमा दुई राज्यका प्रहरीबीच गोली हानाहान हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ। पश्चिमोत्तर राज्यहरू आसाम र मिजोरमको सीमामा उक्त विरल घटना भएको हो।
मुख्यमन्त्रीसहित दुवै तर्फका अधिकारीले एकअर्कामाथि हिंसा भड्काएको आरोप लगाएका छन्।
सीमासम्बन्धी दुई राज्यबीच महिनौँदेखि जारी तनावबीच यो घटना भएको हो।
मिजोरम र आसाम राज्यबीच १६४ किलोमिटर सीमा छ। सीमाङ्कनको विषयमा दुवै पक्षको आआफ्नै दाबी छ।
ती दाबीलाई लिएर दुवै पक्ष प्रायः झगडा गरिरहन्छन् र कहिलेकाहीँ हिंसात्मक घटना पनि हुने गर्छ।