विजयको मृत्युबारे नजिकैका मानिसले किन हल्ला फिजाए ?



काठमाडौँ। मेमोरीकिङ भनेर चर्चामा आएका कालिकोटका विजय शाहीको मृत्युको खबर भ्रामक भएको प्रहरीले पुष्टि गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको र उक्त पोष्टबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

त्यस्तै कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहले शाही महावै गाउँपालिकास्थित घरमै रहेको जानकारी दिएका छन्। डीएसपी शाहका अनुसार शाही विरामी छन्। घरमा आराम गरिरहेका छन्।

शाही निकट व्यक्तिहरुले नै शाहीको मृत्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। शाहीले आफूलाई ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए।

तर, उनी झुठो भएको सार्वजनिक भएसँगै शाही काठमाडौंबाट भागेर कालिकोट हानिएका थिए। उनीमाथि लाखौको ठगी आरोप लागे पनि प्रहरीमा औपचारिक रुपमा उजुरी परिसकेको छैन।