एकै दिन ३ हजार ८९९ संक्रमित



काठमाडौँ। नेपालमा एकैदिन ३ हजार ८९९ संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ।

१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन्। हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेका छन। भने हालसम्म ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा ३४ लाख ६२ हजार ३४० जनाले कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन्।