सुर्खेत। कर्णाली प्रदेश सरकारको आयोजनामा निमार्ण गरिने ‘कोडवाडा-मान्म’ केवलकार सम्भाव्यता अध्ययन प्रतिदिनमाथि छलफल कार्यक्रम सम्पन्न भएको छ।
कालिकोटको सदुरमुकाम मान्मदेखि जिल्लाकै नरहरिनाथ गापाउँपालिको कोटवाडा जोड्ने उक्त आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैया रहेनेछ। यसको लम्बार्इ २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ भने प्रति सेकेन्ड ८ मिटर हिड्ने र एक घण्टामा २ सय जना आउन जान पाउने छन्।
यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान १० मिनेट लाग्नेछ। कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भौतिक पुर्वाधार विकास मन्त्री अमरबहादुर थापा, प्रमुख सचिव गणेश पाण्डे, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्का, सदस्य डाक्टर दिपेन्द्र रोकायको उपस्थिति रहेको थियो।
त्यस्तै कालिकोटका ९ वटै स्थानीय तहका प्रमुखहरु उपस्थित थिए। यो आयोजना संचालनमा आएपछि जनताले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनभै जनताको आर्थिक अवस्था परिवर्तन हुने विश्वास गरिएकोछ।