जसपाको आधिकारिकता उपेन्द्र पक्षलाई



काठमाडौँ। जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षले पाएको छ।

सोमबार निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई बोलाएको थियो। अध्यक्ष यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्त ठाकुरको पक्षमा १६ कार्यकारिणी सदस्यहरुले मतदान गरेका छन्।

डिल्लीबजार कारागारमा बन्दि जीवन विताइरहेका रेशम चौधरीले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर कसैको पक्षमा नलाग्ने बताएका छन्।