काठमाडौँ। जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।
सोमबार निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई बोलाएपछि चौधरी पनि आयोगमा पुगेका हुन्।
डिल्लीबजार कारागारमा बन्दि जीवन विताइरहेका चौधरीले पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग सल्लाह गरेर हस्ताक्षर गर्ने बताएका थिए। अन्तत: उनले कसैकाे पक्षामा मत नदिने अडान लिएका छन्।