जसपा विवाद: उपेन्द्रको पक्षमा बहुमत पुग्यो



काठमाडौँ। आन्तरिक विवादको चरमोत्कर्षमा पुगेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकाे पक्षमा बहुमत पुगेकाे छ। केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको निर्वाचन आयोगमा सनाखत गरेका थिए।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको थियो। सोही विवादका बीच ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो।

तर, पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले आज हेड काउन्टमार्फत गरिरहेको हो। यादव पक्षलाई ठाकुर पक्षका नेताले समेत आयोगमा पुगेर हेड काउन्टमा सघाएका छन्।