निर्मला हत्याका दोषी पत्ता लगाएर कारबाही गर्न प्रमको निर्देशन



काठमाडौँ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला उल्टाखामकी बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको छ।

तीन वर्ष पुगेको दिनमै प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी प्रमुख शैलेश थापा क्षेत्रलाई बालुवाटारमा बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन्।

साथै प्रधामन्त्री देउवाले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएका छन्।