२४ घण्टामा ३ हजार जनामा कोरोना पुष्टि



काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

१४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन्।

यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको छ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ। नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १।५ प्रतिशत रहेको छ।