पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन



काठमाडौँ। सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सत्तारुढ गठबन्धनमा रहेका दलहरुले कार्यदल बनाएका छन्।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको बुझिएको छ। कार्यदलमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षबाट २ र काँग्रेसबाट २ जना सदस्य तोकिएको छ।

खड्का नेतृत्वको कार्यदलको सदस्यमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन्।

कांग्रेस नेता रमेश लेखकका अनुसार साझा नीति तथा कार्यक्रम। मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिनेछ।