प्रधानलाई भेट्न जापानिज राजदुत किकुटा बालुवाटार



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच शिष्टाचार भेटवार्ता भएको छ।

बिहीबार राजदूत किकुटाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गरेका हुन्। भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिएका छन् भने प्रधानमन्त्री देउवाले राजदूतलाई धन्‍यवाद दिएका छन्।

यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो। जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो।