नेपालसहित एमालेका २२ जना सांसदले स्पष्टीकरण बुझाउने



 

काठमाडौँ। अन्ततः एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनेमा पुगेका छन्।

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय अनुसार बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो। साउन ३ गते आइतबार २२ जनाले पार्टीको निर्देशन विपरित प्रम देउवालाई विश्वासको मत दिएका थिए।

स्पष्टीकरण सोधिएका सांसदहरुमा नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान रहेकी छन्।

त्यस्तै पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी रहेका छन्।