सुर्खेत। सयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा अनिश्चितकालिन तालावन्दी गरेको छ।
विहीबार विद्यार्थी संगठनले आफ्ना १८ वुँदे मागप्रति क्याम्पस प्रशासन उदासिन वनेको भन्दै तालावन्दी गरेका हुन्।विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरियोस्, विद्यार्थीको जायज मागहरुको संम्वोधन गरियोस् भन्दै विश्वविद्यालयको केन्द्रिय कार्यालय, भिसी कार्यालय, रजिस्ट्रार कार्यालय सम्पुर्ण डिन कार्यालय, परिक्षा नियन्त्रण कार्यालय,शिक्षा शास्त्र संकाय,विज्ञान तथा प्रविधी संकाय,मानविकी संकाय,व्यवस्थापन संकाय,ल क्याम्पस र इन्जिनियरिङ संकायमा अनिश्चितकालिन तालावन्दी गरिएको अनेरास्ववियु क्रान्तिकारीकी नेतृ ममता अधिकारीले बताइन्।
अधिकारीका अनुसार विद्यार्थीहरुले उठाएका मागहरु उचित रहेको,विद्यार्थीमाथी विश्वविद्यालयले खेलवाड गरेको समेत बताइन्। विश्वविद्यालय प्रशासनले विद्यार्थीका मागहरुलाई अझै संम्वोधन नगरेमा जे पनि हुन सक्छ भन्दै चेतावनी समेत दिइन्।
केहिदिन अघि सयुक्त विद्यार्थी संगठनलेनै विश्वविद्यालयका भिसीको पुत्ला दहन समेत गरेका थिए। विश्वविद्यालयमा तालावन्दी गर्नको लागि विभिन्न पार्टिका विद्यार्थी संगठनका नेता कार्यकर्ता तथा विद्यार्थीहरुको वाक्लो उपस्थिती रहेको थियो।