काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना २२ सांसदलाई स्पष्टीकरण सोधेको छ।
गत आइतबार नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई साउन ५ गतेको मिति राखेर स्पष्टीकरण सोधिएको हो।
पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।