काठमाडौँ। नेकपा (एमाले) को माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी निर्माण गर्ने बारेमा छलफल प्रारम्भ गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफफलमा सांसदहरुले उक्त विषय अगाडि सारेका हुन्।
केन्द्रीय सदस्य एवम् सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरेका छनु। त्यस्तै राकुमारी झाँक्रीले सरकारमा जाने भन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको स्पष्ट परिन्। उनले भनिन्, ‘बदला लिने भए हामी तयार भयौं। त्यसैले क्षमाशील हुनुस्। पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुस्, अध्यक्ष छोड्नुस्।’
नेपाल पक्षले पार्टी विभाजन गर्ने या नगर्ने विषयमा छलफल गर्न बुधबार ११ बजे केन्द्रीय सदस्य र सांसदहरुलाई बैठकमा बोलाएको छ। उक्त बैठक निर्णायक हुने बताइएको छ। यसअघि अध्यक्ष ओलीले माधव नेपालबीनाको एमाले बनाउनुपर्छ भन्दै चर्को आलोचना गरेका थिए।