कर्णाली सरकारलाई सुझाव दिन संयोजन समिति गठन



सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारलाई सुझाव दिने उद्देश्यले ‘संयोजन समिति’ गठन गरेको छ।

माओवादी केन्द्र संसदीय दलको आइतबार र सोमबार बसेको बैठकले सातवटा विषयगत संयोजन समितिहरु गठन गरेको छ।

प्रमुख सचेतक ठम्मरबहादुर विष्टका अनुसार पूर्वाधार, मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित, महिला लक्षितवर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत, विपन्न वर्ग समुदाय, राउटे समुदाय, बजेट अद्यावधिक र कोभिड–१९ महामारी ‘संयोजन समिति’ गठन गरिएको छ।

समितिले प्रदेश सरकारले ल्याएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न र विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा सुझाव दिनेछ बुझिएको छ। दलको बैठकले समितिको संयोजकहरुमा बिन्दमान विष्ट, गणेशप्रसाद सिंह, नरेश भण्डारी, विमला केसीलाई तोकेको छ।