पुँजीगत खर्च बढाउने विषयमा छलफल



काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका सचिवहरूसँग पुँजीगत खर्च बढाउने विषयमा छलफल गरेका छन्।

सोमबार अर्थ मन्त्रालयमा बोलाएर अर्थमन्त्री शर्माले विकाससँग सम्बन्धित मन्त्रालयहरूको पुँजीगत खर्च बढाउनका लागि प्रभावकारी भूमिका खेल्न सचिवहरूलाई निर्देशनसमेत दिएका छन्।

पुँजीगत खर्चमा तीव्रता प्रदान गरी समग्र विकास प्रयासलाई परिणाममुखी बनाउन र बजेट कार्यान्वयनमा जोड दिनका लागि मन्त्री शर्माले विभिन्न मन्त्रालयका सचिव र महानिर्देशकहरूलाई छलफलमा बोलाएका थिए।

अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थ, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, खानेपानी र सङ्घीय मामिला मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।