काठमाडौँ। झण्डैं दुई वर्ष लामो जेल बसेर फर्केका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्वागत गरेका छन्।
सर्वोच्च अदालतको आदेशमा बाजुरा कारागारबाट नेता आदर्श २० महिना पछि रिहा भएका हुन्। २०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेकाबेला बाजुराको गौमुल गाउँपालिका(।३ माझपालीबाट ओलीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
बाजुराबाट हालै मात्र काठमाडौं फर्केका नेता आदर्शलाई सो पार्टीका महासचिव विप्लवले शनिबार काठमाडौंमा स्वागत गर्दै बधाई समेत दिएका छन। यस्तै नेता आदर्शलाई जेलबाट रिहा लगतै नेकपा बाजुराले पनि सदरमुकाम मार्तडीमा एक कार्यक्रमका विच भव्य स्वागत गरेको थियो ।
कार्यक्रममा पुर्व सभासद, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज डबल बहादुर शाह लगायत नेता, कार्यकर्ता र स्थानीयले आदर्शसहित १२ जना नेता, कार्यकर्तालाई स्वागत गरेका थिए । यता नेकपा अछामले पनि जिल्ला कमिटि बैठकमा काठमाडौँ फर्कन लागेका नेता आदर्शलाई स्वागत गर्दै बधाई समेत दिएको थियो ।
ओली सरकार र विप्लव नेकपाबीच सहमतिपछि प्रतिवन्ध फिर्ता भइसकेपछि धेरैं नेता कार्यकर्ताहरु रिहा भएपनि अझैं दर्जनौं नेता कार्यकर्ता जेलमैं छन्। शुक्रबार मात्र नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओली सुदर्शन पनि सर्बोच्च अदालतको आदेशबाट रिहा भैसकेका छन।
अझैं नेकपाका केन्द्रीय सदस्य भरत बम ‘रणवीर’लगायत कयौं नेता कार्यकर्ता जेलमा रहेका छन्। ती सबैं नेता कार्यकर्तालाई रिहा गर्न विप्लव नेकपाले नयाँ सरकारसँग आग्रह गरेको छ भने पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरुसंगको भेटघाटलाई तिब्रता दिएको छ।