काठमाडौं। ताइवानस्थीत चूजि फाउण्डेशनको सहयोगमा रामेछापको लिखु तामाकोशी गाँउपालिकाकाका ४२ सय घर परिवारलाई राहतस्वरुप खद्यान्न सामाग्री वितरण गरिएको छ।
आर्थिक रुपले बिपन्न तथा बाढिपहिरो र कोरोना प्रभावित स्थानीयलाई फाउण्डेशनले राहत सामाग्री वितरण गरेको हो। असार १० गतेदेखि सुरु भएको राहत सामाग्री वितरण कार्यक्रम करिव २५ दिनसम्म चलेको थियो । जसमा दुई सय स्वयंसेवक परिचालन गरिएको राहत बितरण कार्यक्रम संयोजक एवं कांग्रेस रामेछाप जिल्लाका कार्यसमिति सदस्य सुन्दर खड्का र प्रदेश कमिटी सचिव निरोज खड्काले जानकारी दिए।
राहत बितरणका लागि कार्यसमिति सदस्य खड्काले ५ वटा टिप्पर निशुल्क प्रयोगका लागि प्रदान गरेका थिए। प्रतिपरिवार २५ केजी चामल, १० केजी आटा, नुन तेल लगाएतका खाधान्न सामाग्री बितरण गरिएको राहत कार्यक्रम संयोजक खड्काले बताए। कोरोना महामारीले आर्थिक गतिविधि बन्द भएको र त्यसका कारण रोजगारीमा परेको असरको बीचमा सर्वसाधारणलाई राहत दिन सामाग्री बितरण गरिएको हो।
यसअघि पनि फाउण्डेशनले सामाजिक क्षेत्रमा बिभिन्न कार्यक्रम गर्दै फाउन्डेसनका सदस्य सुन्दर खडकाले जानकारी दिए। सन १९६६ मा स्थापित उक्त संस्थाले सामाजिक,शैक्षिक,स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्र्दै आएको छ भने विश्वभर ५०२ वटा कार्यालय रहेका छन्।