काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन्।
सोमबार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा दिएको राजीनामा फिर्ता लिन अनुरोध गरेका हुन्। ओलीले भने, ‘हतारिएर किन राजीनामा दिएको? सल्लाह गर्नुपर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्। भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए।’
उनले भने, ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं। तर माधव नेपालले मानेनन्।’ एमाले नेता रावलले आइतबार प्रम शेरबहादुर देउवाले विश्वासको मत माग्नुपूर्व सांसद पदबाट राजीनामा दिएका थिए।