काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मैले उहाँलाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु। उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु। उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ।’
यद्यपि चौधरीको मुद्दा अदालतका भएकाले केही पर्खिनुपर्ने देउवाको भनाइ छ। उनले भने, ‘राजा वीरेन्द्रले आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए। अदालतका आफ्नो कुरा छ। अदालतमा हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो कुरा छ।’