काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
आइतबार प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि सोमबार ट्वीटरमार्फत पाकिस्तानी प्रम खानले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्। देउवाले १६५ मत पाउँदा विपक्षमा ८३ मत परेको थियो। त्यस्तै एक जनाले मत दिन्न भनेका थिए।
उनले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै साझा चासोका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन्। यसअघि आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा शुभकामना दिएका थिए।
I congratulate H.E. Sher Bahadur Deuba, Prime Minister of Nepal, on winning the vote of confidence from the House of Representatives. Pakistan looks forward to further deepening its cordial ties with Nepal & would continue to work closely with Nepal on issues of common interest.
— Imran Khan (@ImranKhanPTI) July 19, 2021