माधव नेपाललाई एमालेमा स्वागत गरिँदैन: अध्यक्ष ओली



काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दार भएको टिप्पणी गरेका छन्।

साथै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने पार्टीका २२ सांसद शर्मनाक भएको बताए। नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने अनि उनैलाई बहुमत दिनुपर्ने? अध्यक्ष बनाउनुपर्ने?’

नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ। उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ। तर, माधव नेपाललाई यस पार्टीमा स्वागत छैन।’