देउवा सरकारले गर्नुपर्ने ३० काम: लक्ष्मण शाही



काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तापक्षीय गठबन्बनसहित केही अरु १६५ जना सांसदहरुको मत पाएका छन्।

संसदमा विश्वासको मत पाएपछि समकक्षिहरुको बधाई पनि आइरहेको छ। एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएपछि झण्डै दुई तिहाई नजिकको मत पाएर देउवा संसदको बाँकी समयका लागि प्रधानमन्त्री पक्का भएका छन्।

देउवालाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले जनताबीच गिराएको राजनीतिक, नैतिक, संवैधानि र आर्थिक साखलाई पुनःजीवित पार्नु मुख्य चुनौती हो भन्दै चौतर्फि सुझाव सल्लाह दिइरहेका छन्।

यसैक्रममा नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले प्रधानमन्त्री देउवालाई ३० वटा कार्यहरु गर्न सुझाव दिएका छन्। आइतबार संसदबाट विश्वासको मत पाएसँगै सभापति समेत रहेका देउवालाई बधाईसँगै नेता शाहीले केही महत्वपूर्ण सुझावहरु अघि सारेका छन्ः

१। विज्ञताका आधारमा सल्लाहकार नियुक्ति।

२। राज्यका सबै तह र तप्कामा सुशासन कायम गर्नुपर्ने।

३। महँगी नियन्त्रण।

४। जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्धको खोप।

५। कोभिडबाट थिलथिलो भएको अर्थतन्त्रलाई चलायमान।

६। कर्मचारी र सुरक्षाकर्मीको मनोबल उच्च।

७। विधि र प्रक्रियाअनुसार सरुवा–बढुवा।

८। पहुँच र आस्थालाई आधार नबनाई कर्मचारी र सुरक्षाकर्मीको क्षमता एवं कार्यसम्पादनका आधारमा अवसर।

९। यदि मन्त्रीहरुले भ्रष्टाचार गरेमा उसलाई तत्कालै बर्खास्त गरेर पार्टी सदस्यबाटसमेत हटाई कानूनअनुसार कारबाही।

१०। जुनसुकै कार्यालयमा जनताको काम छिटोछरितो नभए त्यसको जवाफदेहिता र जिम्मेवारिता सम्बन्धित कार्यालय प्रमुख लिने व्यवस्था।

११। जग्गाको खण्डीकरणलाई तुरुन्तै रोकेर बाँझो जमिन राख्न नपाउने यदि राखेमा सरकारले अधिग्रहण गर्ने कानुन निर्माण ।

१२। माटोको परीक्षण गरी कुन क्षेत्रमा के उत्पादन हुन्छ भनी निक्र्योल गरेर त्यसैअनुसारका कृषि बाली लगाउने।

१३। कोेभिड प्रभावितका लागि छुट्याएको पुनरकर्जा पहुँचका आधारमा वितरण नगरी वास्तविक पीडितले पाउने व्यवस्था मिलाउने ।

१४। तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारको धरौटी जफथ गरी ठेक्का रद्द गरेर अर्कैलाई दिने।

१५। कुनै पनि भौतिक संरचना गुणस्तरहीन निर्माण गरेमा ठेकेदारलाई कडा कारबाही गरी जरिवाना तिराउने ।

१६। कृषकका उत्पादनमाथि बिचौलिया हाबी हुन नदिने, सकेसम्म सरकारले नै बजारीकरण गरिदिने ।

१७। कृषि, पर्यटन र ऊर्जालाई मुख्य आधार बनाएर देश विकासको लक्ष्य निर्धारण गर्ने ।

१८। बजेट खर्चको चौमासिक समीक्षा गरी समयमै बजेट खर्च गर्ने ।

१९। शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच ।

२०। उद्योग र कृषिमार्फत बढीभन्दा बढी रोजगारी सिर्जना ।

२१। स्वदेशी उत्पादनलाई प्रोत्साहित गरी आयातको प्रतिस्थापन ।

२२। छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रियताका मामलामा चट्टानझैं खरो रुपमा प्रस्तुत ।

२३। छिमेकी राष्ट्रसँगको सीमा विवादको दीर्घकालीन समाधान ।

२४। संविधानको अक्षरस कार्यान्वयन ।

२५। राजनैतिक स्वार्थ पूरा गर्न देश र जनताको हित विपरीत कसैसित सम्झौता नगर्ने ।

२६। जनजीविकालाई पहिलो प्राथमिकतामा राखेर नीति निर्माण ।

२७। धर्म र संस्कृतिमाथिको बाह्य हस्तक्षेप रोक्ने ।

२८। पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतको खपत बढाउने ।

२९। विद्युत प्राधिकरणलगायतका सार्वजनिक संस्थाहरुमा योग्य र क्षमतावान (कुलमान घिसिङ जस्तै) व्यक्तिलाई नियुक्त गर्ने ।

३०। भागबण्डा पुर्याउने नाममा मन्त्रालय फुटाएर ठूलो आकारको मन्त्रिमण्डल नबनाउने ।