काठमाडौँ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रतिवद्धता जनाएका छन्।
कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेको र दउवाले आयिन्दा बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराखिने स्पष्ट पारेको बताएका छन्।
नेता थापाले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ। प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।’