काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।
प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन्। उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन्। देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए। तर, प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन्।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021