काठमाडौँं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अत्याचारको जातोमा पिएर यहाँसम्म आएको स्पष्ट पारेका छन्।
आइतबार संसदमा बोल्दै प्रचण्डले एमालेका अध्यध्य ओलीले सत्ताको बलमा आफूहरुलाई अत्याचारको जातोमा पिसेको बताएका हुन्। उनले भने,‘ओली पक्षका सांसदहरुले संसदको हत्या गर्ने, प्राणाीली जान लाग्यो भनेर गोहीका आँसु झार्दा दुनियाँले पत्याउछ? संविधानको धारा ७६ को ५ जनताको लागि हो। हामी सबैले बनाएको हो। आज आएर त्यहि धारमा टेकर अपख्या गर्ने?’
प्रचण्डले भने, ‘केपी ओलीको मुखबाटै आफ्ना कुरा सुन्न चाहेको थियो। संसदको रोष्टमले उहाँकै मुखबाट सुन्न चाहेको थियो। उहाँको अनुपस्थिति लोकतान्त्रिक हो कि लोकतान्कि ? तर्क गर्न त सकिन्छ। तर, तर्क कस्तो गर्ने? भन्ने हो नि?’
प्रचण्डले अगाडि भने, ‘केपी ओलीको अत्याचारको दाँतोमा पिएका थियौं। मनोवाद, छलकपट, जालझेल, कति हो कति। भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने वाक्य त आफ्नो भ्रष्टाचारको ढाकछोप गर्ने रहेछ। अघिल्लो पटक उहाँले पार्टीभित्र काम गर्न नदिएको कारण देखाउँदै संसदको हत्या गर्न मिल्छ? पार्टीभित्र विवाद होला, मिलाउन नसक्ने, सत्ताको बलमा मिच्न खोज्ने कस्तो लोकतान्त्रिक चरित्र हो?’