काठमाडौँ। सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्।
पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन्। देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन्।
यता जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। आइतबार नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेपछि महन्त पक्षले उक्त निर्णय गरेको थियो।
उक्त पत्र पठाए लगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको हो। जसपाको उक्त निर्णयसँगै माधव नेपाल पक्षको मत विना नै देउवालाई बहुमत पुगेको छ।