काठमाडौँ। अन्तत: जनता समाजवादी पार्टीका १९ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्।
आज जसपा केन्द्रीय कार्यालयमा बसेको जसपा संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो। विश्वासको मत दिने पक्षमा यसअघि केपी शर्मा ओलीले मन्त्री बनाएका रेणुका गुरुङ्ग पनि छिन्।
यसअघि जसपाको महन्थ ठाकुर समूहमा रहेका प्रमोद साह, नरमाया ढकाल, लिलादेवी सिटौला पनि विश्वासको मतको पक्षमा छन्।