काठमाडौँ। अघिल्लो केपी ओलीको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको हो।
यसअघि ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो। र, यही अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।