काठमाडौँ। नेकपा एमाले विवाद समाधान सम्बन्धि कार्यदलका संयोजक डा. भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (आजै) संसदमा विश्वासको मत लिदैछन्। केहीबेरपछि विश्वासको मत लिने तयारीमा रहेका देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेता रावलसहित २३ जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए।
फोटोपत्रकार मुकुन्द कालिकोटेका अनुसार रावलले पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागि रहेको अवस्थामा नेता नेपालबाट सहयोग नभएको जनाउँदै सांसद पदबाट राजीनामा दिएका हुन्।