काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आग्रह गरेका छन्।
भारतको नयाँदिल्लीमा उपचार गराइरहेका नेता खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।
साथै नेता खनाले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नसमेत आग्रह गरेका छन्। खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन्। उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्। देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्।