काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरका बारेमा तयारी थाल्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई निर्देशन दिएका छन्।
त्यस्तै प्रधानमन्त्री देउवालेकोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन दिएका छन्।
प्रम देउवाले आजै संसदमा विश्वासको मत लिदैछन्। गत असार २८ गते सर्वोच्च अदालतले देउवालाई प्रम नियुक्ति गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो।