देउवाले आजै विश्वासको मत लिने



काठमाडौं। सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन्।

सर्वोच्च अदालतले गत असार २८ प्रतिनिधि सभालाई पुन:स्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ।

संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ। पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ।