माधव नेपाल र प्रचण्डबीच भेटवार्ता



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रका बारेमा भेटवार्ता भएको छ।

शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए। दुई नेताबीच केही बेर छलफल भएको थियो। असार २८ गतेको सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना भएको थियो।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योल छ।