कांग्रेस महाधिवेशन एक दिन पनि सर्दैन: देउवा



काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ।

क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष पनि निकालेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भदौमा तोकिएको महाधिवेशन एक दिन पनि नसर्ने स्पष्ट पार्नुभएको छ । काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय यसअघि नै भइसकेको छ ।

बैठकपछि गोरखापत्रसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै हुन्छ, निर्वाचन निर्देशिकामा रहेका व्यवधानलाई समाधान गर्न एउटा समिति गठन भएको छ । त्यसले सबै कुराको अध्ययन गरेर समाधान खोज्ने छ ।’

निर्देशिकामा देखिएका समस्या समाधानका लागि पदाधिकारी बैठकले पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । बैठकमा सभापति देउवाले पार्टीको महाधिवेशन एक दिन पनि सार्न सकिँदैन’ भन्दै अन्य समस्या समाधान गरेर जानुपर्छ भनेर महाधिवेशन तोकिएको समयमै गराउने आफ्नो अडान दोहो७थभलसयाउनु भएको जानकारी मुख्य सचिव पौडेलले दिए ।

बाँकी रहेका बारा र सप्तरीका क्रियाशील सदस्यताको विवाद मिलाउन केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिलाई अझै एक दिन प्रयासका लागि समय दिने र समाधान नभएमा नेतृत्वले टुङ्ग्याउने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।

समितिमा संयोजक रमेश लेखक, सदस्यहरूमा आनन्दप्रसाद ढुङ्गाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ, योगेन्द्र चौधरी हुनुहुन्छ । निर्देशिकामा रहेका कतिपय प्रावधान र विधानले पारेका अप्ठ्यारालाई समाधान गर्न शनिबार नेताद्वय डा। महत र डा। रिजाललाई निर्वाचन समितिसँग बसेर टुङ्ग्याउन पनि पदाधिकारी बैठकले जिम्मेवारी दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।