एमाले कार्यदल भंग, देउवाको विपक्षमा उभिने निर्णय



काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटीको बैठकले विवाद समाधान सम्बन्धि पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशनसमेत दिएको छ। त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ।