माधव पक्षीय नेताहरु बैठकबाट बाहिरिए



काठमाडौँ। एमाले विवाद समाधानका लागि बनेको कार्यदलका माधव पक्षिय सदस्यहरु स्थायी कमिटीबाट बाहिरिएका छन्।

ललितपुरको च्यासलमा रहेको तुलसीलाल प्रतिष्ठान भवनमा आयोजना गरिएको एमाले स्थायी कमिटीको बैठकलाई रोक्न कार्यदलको संयोजक डा.भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, डा.सुरेन्द्र पाण्डे र भीम आचार्य पुगेका थिए।

तर, अध्यक्ष केपी शर्मा ओलीले सिधै इन्कार गरेका छन्। बैठक अघि बढाउन निर्देशन दिएका छन्। केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन्। बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ।