काठमाडौँ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय ढंगले स्थायी ममिटि बैठक बोलाएका छन्।
अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाए छन्। बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बुझिएको छ।
यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो। कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो।
तर, कार्यदलको सुझाव र एकताको भावना विपरित अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भन्दै आरोप लगाएका छन्। जस कारण एमाले एकता थप पेचिलो बन्दै गएको छ। बैठकमा वरिष्ठ नेता नेपाल पक्ष सहभागि हुने सम्भावना कम छ।